Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विभिन्न वामपन्थी दलका ७७ नेता-कार्यकर्ता नेकपामा प्रवेश

१० बैशाख २०८२, बुधबार ०७:३७
जनवाणी संवाददाता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १५६ औं लेनिन जयन्ती र ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न वामपन्थी दलका ७७ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।
नेकपा (माले) का केन्द्रीय सदस्य तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, नेकपा एमालेका राजु नेपालीमार्फत ४ जना, एसएस कलेज कीर्तिपुरबाट नेकपा ध्रुवीकरणका वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनैतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, नेपाल तेस्रो च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एसपी वीरबल थापासहित ४ जनालगायत गरी जम्मा ७७ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्।
महासचिव विप्लव सी र पार्टी प्रवक्ता प्रकाण्ड लगायतका नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गरेका थिए। महासचिव विप्लव सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रवक्ता प्रकाण्ड सीले गरेका थिए।

Post navigation

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा
विप्लवको चेतावनी विचार संश्लेषण नगरे १० वर्षभित्र कम्युनिस्ट आन्दोलन समाप्त










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १० बैशाख २०८२, बुधबार ०७:३७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १० बैशाख २०८२, बुधबार ०७:३७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १० बैशाख २०८२, बुधबार ०७:३७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १० बैशाख २०८२, बुधबार ०७:३७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १० बैशाख २०८२, बुधबार ०७:३७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297