Skip to content
  • ३० बैशाख २०८३, बुधबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कालिकोटका कैदी बन्दीलाई नेकपाले दियो खेलकुद सामग्री

१३ भाद्र २०८२, शुक्रबार १७:३४
जनवाणी संवाददाता

 

१३ भाद्र, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले जिल्ला कारागर कालिकोटका कैदी बन्दीहरुलाई खेलकुद सामग्री र फलफूल हस्तान्तरण गरेको छ ।

शुक्रवार नेकपाका केन्द्रीय सदस्य डिआर सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तुफान सी र खाँडाचक्र नगर सेक्रेटरी सरल सीले कारागरका जेलर मान बहादुर विक मार्फत खेलकुद सामग्री र फलफूल हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण सुयल, प्रहरी प्रमुख टेक बहादुर रावत र सशस्त्र प्रहरी बल कालिकोटका प्रमुखको पनि सहभागिता रहेको थियो । नेकपाका नेताहरुले कैदी बन्दीहरुसंग भेटघाट समेत गर्दै उनीहरुको अवस्थाकोबारेमा पनि जानकारी लिएका छन 

नेकपाका नेताहरुले कारागरका कैदी बन्दीहरुलाई भलिवल, नेट लगायतका खेलकुद सामग्री र फलफूल हस्तान्तरण गरेको जनाएका छन ।

जिल्ला कारागरमा ३८ जना पुरुष र ४ जना महिला गरी कुल ४२ जना कैदी बन्दीहरु रहेको जिल्ला कारागरका जेलर मानवहादुर विकले जानकारी दिनु भयो ।

कैदी बन्दी भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकार गोकर्ण सुयलले नेकपाकाे यस कार्यकाे लागि धन्यवाद दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य डिआर सीले कैदी बन्दीहरुलाई मनोरञ्जन प्रदान गर्न खेलकुद सामग्री हस्तान्तरण गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि व्यक्ति आफ्नो घर परिवार र समाजबाट सम्मान र उच्च हैसियत चाहन्छ, एक पटक जानअन्जान वा परिवन्दमा पनि गैरकानुनी कार्यमा संलग्न भएको हुन सक्छ ।’ नेता डिआर सीले सजाय भोगेर फर्कदा उसको आनिबानिमा सुधार आउन सक्छ कारागार भनेको सुधार गृह भएकाले यहाँबाट सुदृढ भइ समाजको लागि केही गर्न कैदी बन्दीलाई सुझाव दिनुभयो ।

उहाँले यो अवसर प्रदान गर्ने जेलर विक लगायत प्रशासन टिमलाई धन्यवाद दिनु भयो ।

Post navigation

नेकपाद्धारा हाउडिका ४ परिवारलाई राहत वितरण
नेकपाद्वारा अशक्त गरिब तथा जेहेन्दार एक सय २० बालबालिकालाई शैक्षिक सामाग्री वितरण










 

 

 

 

ताजा खबर

  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १३ भाद्र २०८२, शुक्रबार १७:३४
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १३ भाद्र २०८२, शुक्रबार १७:३४
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १३ भाद्र २०८२, शुक्रबार १७:३४
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १३ भाद्र २०८२, शुक्रबार १७:३४
  • श्रीमतीसहित घरदैलोमा धनराज शाही, काठमाडौँ–१ मा चुनावी अभियान तीव्र १३ भाद्र २०८२, शुक्रबार १७:३४

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2026 janabani.com
Developed by: 9849815297