Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद : रणदीप सी

१३ जेष्ठ २०८१, आईतवार १०:२७
जनवाणी संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रणदीप सी ले वर्तमान संकटको समाधान ‘नेपाली विशेषताको समाजवाद’ भएको कुरा बताउनु भएको छ । पार्टीको पलाता गाउँकमिटी बैठकमा प्रमुख अतिथिको रूपमा प्रशिक्षण दिँदै उहाँले सो कुरा बताउनु भएको हो ।

जनसम्बन्ध सुदृढ गर्न र जनस्तरमा पार्टीलाई थप स्थापित गर्नका लागि पार्टीले तय गरेको वर्तमान संरचना वैज्ञानिक रहेको कुरा समेत उहाँले स्पष्ट पार्नुभयो । पार्टीलाई जनतातिर फर्किएको पार्टी बनाउने दायित्व ३ महिनामा कडाईपूर्वक लागू गर्न बैठक सहभागीहरुलाई निर्देशन दिनुभयो ।

जरा बलियो भयो भने रुखको आयु लामो हुने उदाहरण दिँदै बलियो जरा भएको रुख जस्तो पार्टी बनाउन हैसियत यथावत रहनेगरी कामको जिम्मेवारी हेरफेर भएको जानकारी दिनुभयो । पार्टीको तेस्रो आवाधिक योजनामा प्रभावकारी नतिजा निस्किने गरी काममा लाग्न स्थानीय नेताकार्यकर्तालाई अपिल पनि गर्नु भयो ।

गाउँकमिटी सेक्रेटेरी अनरुप सी. को अध्यक्षता, गाउँकमिटी ईन्चार्ज एवम् प्रतिनिधि सदस्य शाहासी सी. लगायतको आतिथ्यतामा बैठक सम्पन्न भएको हो । धौलागोहस्थित हस्पिटलको सभाहलमा शनिबार बैठक सम्पन्न गरिएको नेकपाका स्थानीय एक नेताले बताएका छन् ।

Post navigation

नेकपा पचालझरनाले तीन महिने जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने
नेकपा बर्दियाले बुझायो ७ बुँदे ज्ञापनपत्र

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते १३ जेष्ठ २०८१, आईतवार १०:२७
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड १३ जेष्ठ २०८१, आईतवार १०:२७
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा १३ जेष्ठ २०८१, आईतवार १०:२७
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो १३ जेष्ठ २०८१, आईतवार १०:२७
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा १३ जेष्ठ २०८१, आईतवार १०:२७

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297