Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

दलित सहभागिताका लागि कानून बाध्यकारी बनाउनु पर्छः सञ्चारमन्त्री शर्मा

१९ जेष्ठ २०८१, शनिबार ०६:२५
जनवाणी संवाददाता

जनवाणी 

जेठ १९ काठमाडौ  –  नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राज्यका हरेक निकायमा दलित सहभागिता सुनिश्चित गर्न काूनन बाध्यकारी बनाईनु पर्ने बताएकी छन ।

राष्ट्रिय दलित पत्रकार संघको पाँचौ स्थापना दिवसका अवसरमा सुक्रवार राष्ट्रिय महिला आयोगको सभाहलमा आयोजित ‘आम सञ्चार र समावेशी सवाल विषयक’ अन्तरसम्वाद कार्यक्रमलाई सम्वोधन गर्दै सञ्चारमन्त्री शर्माले दलित सहभागिता सुनिश्चित गर्न कानून बाध्यकारी बनाईनु पर्ने बताएकी हुन ।

उनले भनिन् ‘कानुनमा बाध्यकारी व्यवस्था भएकाले स्थानीय तहमा महिला उपप्रमुख अनिवार्य जस्तो भयो, वडा सदस्यमा एक महिला र एक दलित महिला अनिवार्य भयो । यो बाध्यकारी कानुन बनाएकाले हो । अब दलित समुदाय र पत्रकार सहभागिताका लागि बाध्यकारी कानून बनाउनु पर्छ ।’

सञ्चारमन्त्री शर्माले राजनीतिक उपलब्धि र सामाजिक चेतनाका बिच अन्तर परेकाले कानून कार्यान्वयमा समस्या आएको बताईन । उनले मिडिया काउन्सिल विद्येयक,आम सञ्चार ऐन,सामाजिक सञ्जाल सम्बन्धित विद्येयक र चलचित्र सम्वन्धि विद्येयक छलफलमा भएकाले छिट्टै आउने विश्वास दिलाईन ।

उनले लोकतान्त्रिक गणतन्त्र सामान्य तरिकाले नआएको चर्चा गर्दै यसको विकासका लागि सबै लाग्नु पर्ने धारणा राखिन ।

Post navigation

नेकपा नेता भरत सी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीबीच भेटवार्ता
सत्तारूढ तीन दलका शिर्ष नेताबीच सिंहदरमा भेटबार्ता

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह १९ जेष्ठ २०८१, शनिबार ०६:२५
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १९ जेष्ठ २०८१, शनिबार ०६:२५
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १९ जेष्ठ २०८१, शनिबार ०६:२५
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १९ जेष्ठ २०८१, शनिबार ०६:२५
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १९ जेष्ठ २०८१, शनिबार ०६:२५

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297