Skip to content
  • १३ असार २०८३, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सत्तारूढ तीन दलका शिर्ष नेताबीच सिंहदरमा भेटबार्ता

१९ जेष्ठ २०८१, शनिबार ०७:५०
जनवाणी संवाददाता

जनवाणी

जेठ १९ काठमाडौ  – सत्तारूढ तीन दलका शिर्ष नेताहरू बिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल भएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा कुराकानी भएको हो।उनीहरूबीच शुक्रबार दिउँसो समसामयिक राजनीतिक घटनाक्रमका विषयका कुराकानी भएको हो।

छलफलपछि एमाले अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रतिक्रिया दिएका छन्।

एकीकृत समाजवादी अध्यक्ष नेपाल बुधबार अपराह्न विपक्षी दलहरूको बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए।

सत्तारूढ दलका अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएको भन्दै यसले राजनीतिक तरंग पैदा भएको छ

एकीकृत समाजवादीको नेतृत्वमा सुदूरपश्चिममा सरकार छ तर मुख्यमन्त्रीलाई विश्वास मत दिए पनि एमाले सरकारमा सहभागी छैन। कर्णाली र कोशी सरकारमा पनि एकीकृत समाजवादीलाई सहभागी नगराइएकोमा असन्तुष्टि देखिएको छ।

Post navigation

दलित सहभागिताका लागि कानून बाध्यकारी बनाउनु पर्छः सञ्चारमन्त्री शर्मा
युवा संगठन नेपालको देसै भरि हस्ताक्षर संकलन सम्पन्न










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १९ जेष्ठ २०८१, शनिबार ०७:५०
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १९ जेष्ठ २०८१, शनिबार ०७:५०
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १९ जेष्ठ २०८१, शनिबार ०७:५०
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १९ जेष्ठ २०८१, शनिबार ०७:५०
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १९ जेष्ठ २०८१, शनिबार ०७:५०

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297