Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

गुठी पीडितमाथिको दमनकारी रवैया नरोके नेकपाले कडा संघर्ष गर्ने

२० जेष्ठ २०८१, आईतवार २०:१६
जनवाणी संवाददाता

दाङ – नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके कडा संघर्ष गर्ने चेतावनी दिएको छ । नेकपा दाङले आइतबार विज्ञप्ति जारी गर्दै गुठी पीडितमाथि प्रदर्शनको क्रममा भएको प्रहरी दमनको विरोध गर्दै संघर्षमा उत्रिने चेतावनी दिएका हो ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वर्गद्वारी गोरक्ष लगायत गुठी पीडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपुर्ण संघर्षको क्रममा १० जना किसानहरुलाई घाइते बनाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथि गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क उपचारको व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ । साथै, किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको विगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पूर्ण समर्थनसहित सहयोग उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै प्रचण्ड–केपी सरकारले किसानलाई जमिनको पूर्णस्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ ।

Post navigation

नेकपा चन्द्रागीको नगर कार्यालय उद्घाटन
माधव नेपाल एकाएक यस्तो मुडमा पुगे देउवासँगको उठ बसबाट केही नभएपछि

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते २० जेष्ठ २०८१, आईतवार २०:१६
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड २० जेष्ठ २०८१, आईतवार २०:१६
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा २० जेष्ठ २०८१, आईतवार २०:१६
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो २० जेष्ठ २०८१, आईतवार २०:१६
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा २० जेष्ठ २०८१, आईतवार २०:१६

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297