जनवाणी
प्रकाशित मिति : सोमबार जेष्ठ २१ २०८

जनकपुर – नेपाल कम्युनिस्ट पार्टी धनुषाको संघर्षपछि अभियान लघुवित्तका कर्मचारी कार्यलय छाडेर भागेका छन् । जिल्लाको ढल्केवर शाखामा रहेको शाखामा स्थानीय लघुवित्त पीडितहरुले नेकपाको नेतृत्वमा कार्यालय घेराउ गरेपछ भागेका हुन् ।

मिथिला नगरपालिका ७ चाबेडाँडाकी तारा मगरले २०७८ सालमा उक्त लघुवित्तबाट १ लाख रुपैया ऋण लिएकी थिइन् । मगरले लिएको १ लाख ऋण मध्य पटकपटक गरेर १ लाख १७ हजार ९ सय तिरीसक्दासमेत संस्थाले अझै डेढ लाख ऋण तिर्न बाँकी भएको भन्दै पटकपटक घरमा आउने, मानसिक टर्चर दिने जस्ता गतिविधि लघुवित्तले दिदै आएको थियो ।

लघुवित्तले अपरिचित गुन्डाहरु लगाएरसमेत धाकधम्की दिएको पीडित मगरले बताइन । यो समस्यामा तारा मात्रै होइन पुष्पा मगर, गंगीमाया तामाङ, पार्वती तामाङ र आस्था तामाङ लगायतका रहेको बुझिएको छ । आइतबार पटकपटक लघुवित्तबाट दबाब आएको जानकारी पाएपछि नेकपाका स्थानीय नेता मन्जिरा लामा लगायतको टोलीले ज्यादती गर्ने लघुवित्तको टोली संयोजक तथा ऋण असुली प्रमुख मनिष राई लगायतलाई कालोमोसो दलेर लखेट्ने तयारी गरेको खबर पाएपछि भागेको नेकपा निकट स्रोतले बताएको छ ।

आक्रोशित महिलाहरुको समुहले ढल्केबर शाखाका कार्यलय पुग्दा शाखा प्रमुख मोहना कुमारी गुर्मागाने सहितको कर्मचारी टोली कार्यलय बन्दसमेत नगरी भागेका थिए । नेकपा मधेस प्रदेशको पहिलो बैठकले गरेको निर्णय अनुसार सुदखोरीविरुद्ध प्रतिरोध गर्ने निर्णय गरेपछि जनप्रतिरोधका घटनाहरु बढेको नेकपा स्रोतले बतायो ।