Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

भारतमा पाँच राज्यमा बीजेपीलाई झट्का

२२ जेष्ठ २०८१, मंगलवार १८:१७
जनवाणी संवाददाता

 

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको धमाधम मतगणना भइरहेको छ । अहिलेसम्मको रुझान हेर्दा भाजपा नेतृत्वको एनडीए र भारतीय गठबन्धनबारे एक्जिट पोलको नतिजाअनुसार देखिएन । रुझानमा कयौँ सिटमा एनडीए र इन्डिया गठबन्धनबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

केही राज्यमा भाजपालाई ठुलो झट्का लागेको छ । देशको सबैभन्दा ठुलो राजनैतिक राज्य र भाजपाको भगवा किल्ला यूपीमा अवस्था बिलकुल उल्टो देखिएको छ । रुझानमा एनडीएले बहुमत पाउन सक्ने देखाएको भएपनि इन्डिया गठबन्धनले कडा चुनौती दिइरहेको देखाएको छ । यो चुनावले कांग्रेसका लागि शुभ समाचार ल्याएको छ । रुझानमा कांग्रेसको सिट सय नाघ्ने देखिन्छ ।

उत्तर प्रदेशमा भाजपालाई खतरा

८० सिट भएको राज्य उत्तर प्रदेशमा यस पटक राहुल गान्धी र अखिलेश यादवको जोडीले भाजपालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । भाजपाले यो राज्यबाट धेरै आशा राखेको थियो । यद्यपि, प्रारम्भिक रुझानमा अखिलेश र राहुलको साइकल र हातले भाजपालाई उछिनेको छ । यहाँ सपा ३६ सिटमा छ भने भाजपा ३६ सिटमा अगाडि छ । कांग्रेसले सात सिटमा अग्रता लिएको छ । अमेठी, मैनपुरी र रायबरेली सिटमा भाजपा पछाडि छ । सर्सर्ती हेर्दा उत्तर प्रदेशमा व्यापक उथलपुथल देखिएको छ । अघिल्लो निर्वाचनमा यहाँ भाजपाले ६२ सिट पाएको थियो ।

महाराष्ट्रमा कडा प्रतिस्पर्धा

भाजपाले अनेकौं दाउपेच गरेको अर्को राज्य महाराष्ट्र पनि हो । तर कुनै पनि दाउपेचले उसलाई फाइदा भएको छैन । महाराष्ट्रमा एनडीए गठबन्धन २५ सिटमा अगाडि छ भने इन्डिया गठबन्धनका उम्मेदवार २१ सिटमा अगाडि छन् । जबकि अन्य दलका उम्मेदवार दुई सिटमा अगाडि छन् ।

राजस्थानमा धक्का

राजस्थानमा अघिल्लो निर्वाचनमा बीजेपीले भाजपाले क्लिन स्वीप गरेको थियो । तर यस पटक यहाँ कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ भाजपा १४ सिटमा अगाडि छ भने कांग्रेस ८ सिटमा अगाडि छ ।

हरियाणामा पनि प्रतिस्पर्धा

हरियाण राज्यबाट पनि बीजेपीले शुभ समाचार नपाउने देखिनछ । रुझानका अनुसार भाजपा र कांग्रेसबीच यहाँ कडा प्रतिस्पर्धा चलिरहेको छ । दुवै दलले ५–५ सिटमा अग्रता लिएका छन् । सन् २०१९ को निर्वाचनमा सबै सिटमा भाजपाले जितेको थियो ।

Post navigation

भारतमा लोक सभा निर्वाचनको मतगणना आज, यी भीआईपी सिटमा हुनेछ चासो
युवा संगठन नेपालले २० हजार हस्ताक्षर बाग्मति प्रदेश सरकार बुझायाे

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश २२ जेष्ठ २०८१, मंगलवार १८:१७
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै २२ जेष्ठ २०८१, मंगलवार १८:१७
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति २२ जेष्ठ २०८१, मंगलवार १८:१७
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। २२ जेष्ठ २०८१, मंगलवार १८:१७
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै २२ जेष्ठ २०८१, मंगलवार १८:१७

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297