Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

जनता समाजवादीकाअध्यक्ष यादब र नेकपा महासचिव बिप्लव बिचभेटबार्ता

२३ जेष्ठ २०८१, बुधबार २१:०३
जनवाणी संवाददाता
 

२३ जेठ काठमाडौं-नेकपाका महासचिव विप्लव सी र जनता समाजवादीका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवबिच बुधबार दिउँसो भेटघाट भएको छ । महासचिव विप्लव निवास ललितपुर हरिसिद्वी पुगेका यादवसंग महासचिव विप्लव र पार्टी प्रवक्ता प्रकाण्ड सीले भेटघाट गर्दै पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेको विप्लव सचिवालयले जनाएको छ ।
भेटमा समाजवादी मोर्चालाई अगाडि बढाउने र थप प्रभावकारी कसरी बनाउने भन्नेमा छलफल केन्द्रीत रहेको बुझिएको छ । जवाफमा यादवले बृहत् समाजवादी मोर्चाका लागि आफू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए ।
मङ्गबार साँझ नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले बुधबार दिनभर राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् ।
समाजवादी मोर्चाको संयोजक समेत रहेका महासचिव विप्लवले समाजवादी मोर्चा सम्बद्ध दलका नेता लगायत अन्य राजनीतिक भेटघाटलाई समेत बढाएको स्रोतले बताएको छ ।

 
 

Post navigation

युवा संगठन नेपालले २० हजार हस्ताक्षर बाग्मति प्रदेश सरकार बुझायाे
सत्यदेवी उमावि ले वृक्षारोपण गरी मनायो विश्व वातावरण दिवस

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह २३ जेष्ठ २०८१, बुधबार २१:०३
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य २३ जेष्ठ २०८१, बुधबार २१:०३
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प २३ जेष्ठ २०८१, बुधबार २१:०३
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित २३ जेष्ठ २०८१, बुधबार २१:०३
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने २३ जेष्ठ २०८१, बुधबार २१:०३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297