Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

हाम्रो आपत्ति छैन टिकटक लगायत कुनै पनि सामाजिक सञ्जालसँग : मन्त्री शर्मा

३१ जेष्ठ २०८१, बिहीबार १९:४३
जनवाणी संवाददाता

 जनवाणी

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुने टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको कानुनअनुसार समाजलाई मान्य हुने गरी चलाउँदा टिकटक लगायत कुनै पनि सञ्जालहरूसँग आपत्ति नरहेको बताएकी हुन्। 

‘हामीले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी गर्‍यौं। अहिले हामी सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा छौं। यो गर्दै-गर्दा सबै विषयमा हामीले छलफल गर्नुपर्छ,’ उनले भनिन्, ‘नेपालका कानून समाजको महत्व आफ्नै छ। यो सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरू आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन। टिकटक नाममा हाम्रो कुनै समस्या होइन।’

उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले बन्द गरेको बताइन्। 

‘टिकटकले जुन कन्टेन्ट दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ। हामीले फेसबुक सञ्चालकसँग भेटेका छौं।

Post navigation

उच्च अदालत पाटनले दियो अर्को झड्का विद्यालयका सटर बन्द गर्दै हिँडेका बालेनलाई
यस्ता छन् कार्यसूची प्रतिनिधि सभाको बैठक बस्दै आज










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ३१ जेष्ठ २०८१, बिहीबार १९:४३
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ३१ जेष्ठ २०८१, बिहीबार १९:४३
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ३१ जेष्ठ २०८१, बिहीबार १९:४३
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ३१ जेष्ठ २०८१, बिहीबार १९:४३
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ३१ जेष्ठ २०८१, बिहीबार १९:४३

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297