Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

वडा अध्यक्ष ,इन्जिनियर र प्रहरिको मिलेमतोमा महोत्तरीको गौशाला नगरकामा गुणस्तरहिन कार्य गरिदै

३२ जेष्ठ २०८१, शुक्रबार २२:४६
जनवाणी संवाददाता
 

 काठमाडौ – महोत्तरीको गौशाला नगरपालिकामा भइरहेका विकास निर्माणका कार्यमा कमसल खालका निर्माण सामाग्री प्रयोग गरि चरम भ्रष्टाचार र अनियमितता गरेको तथ्य फेला परेको हो । निर्माणको जिम्मा लिएको उष्ण इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी,नगरपालिकाका इन्जिनियर अजय यादव, वडा अध्यक्ष र इलाका प्रहरी प्रमुखको समेत मिलेमत्तोमा भ्रष्टाचार भएको तथ्य फेला परेको बुझिएको छ ।

नगरपालिकाको १२ नम्बर वडाको मुन्नी मिस्त्री विद्यालयको भवन र बन्दै गरेको वडा कार्यालय भवन घेरबार गर्दा दुई नम्बरी इट्टा प्रयोग भएको हो । कन्सल्टेन्सी संचालक सञ्जु सिंह र नगरपालिकाका इन्जिनियर अजय यादव तथा वडाध्यक्ष कुशेश्वर सिंहको मिलेमत्तोमा प्रतिवटा ८ रुपैयाँ पर्ने कमसल खालको इट्टा प्रयोग गर्दै भ्रष्टाचार गरेका हुन् । ‘मापदण्डमा १२ रुपैयाँ पर्ने इट्टा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर ८ रुपैयाँमा कमसल खालको इट्टा प्रयोग गरेको पाइएको छ ।’, स्थानीय एक युवाले भने । निर्माण कार्यमा दुई नम्बरी इट्टा प्रयोग भएपछि नगरपालिकाले यसको अनुगमनसमेत गरेको थियो ।

उपमेयर रेनु कुमारी महतोको नेतृत्वमा भएको अनुगमनले दुई नम्बरी इट्टा प्रयोग भएको भन्दै तत्कालका लागि काम रोकेको छ । साथै, भुक्तानी नगर्न नगरपालिकालाई सिफारिससमेत गरेको छ । ‘हामी अर्को वडामा अनुगमन गर्न गएका थियौं । अनुगमनका क्रमका केही युवा आएर १२ नम्बर वडाको विद्यालय र वडा कार्यालय निर्माणमा कमसल इट्टा प्रयोग भएको गुनासो गर्नुभयो । म योजनाको कर्मचारीलाई लिएर तत्काल अनुगमनमा गएँ ।’, टेलिफोन संवादमा उपमेयर महताे भनिन्, ‘त्यहाँ जाँदा दुई नम्बरी इट्टा झारिएको थियो । दोश्रो तलामा गारो लगाउने काम भइरहेको थियो । गारो लगाएको ठाउँमा गएर हेर्यौं, त्यहाँ पनि दुई नम्बरी इट्टा प्रयोग भएको पाइयो । मसँग भएको योजनाको कर्मचारीलाई मैले सोधें । उहाँले मापदण्ड विपरितको इट्टा प्रयोग भएको बताउनु भयो ।’

महताेले आफूले विद्यालय निर्माणको काम रोकेर भुक्तानी पनि रोकिदिएको बताउँदै इट्टा परिक्षणका लागि काठमाडौं पठाउने निर्णय गरेको बताइन् । ‘हामीले अनुगमनबाट कैफियत देखेपछि इट्टा परिक्षणका लागि काठमाडौं पठाउने निर्णय गरेका थियौं तर नगरपालिकाले अझैं पठाएको छैन ।’, उनले भनिन्, ‘मैले भुक्तानी नगर्न पत्र लेखेको छु । काम पनि अहिले रोकिएको छ ।’ विद्यालय भवन निर्माणको काम रोकिएको भएपनि वडा कार्यालयको पर्खाल निर्माणले भने निरन्तरता पाएको थियो ।

निर्माणमा अनियमितता भएको भन्दै वडा नम्बर १२ कै युवा नागेन्द्र ठाकुर (सत्या)ले उपमेयर, वडाध्यक्ष, निर्माण कम्पनी र नगरपालिकाका इन्जिनियरका विरुद्धमा फिल्डमै गएर भिडियो बनाएका थिए । नागेन्द्रले उपमेयरले अनुगमन गर्दा कमसल इट्टा प्रयोग भएको पाउँदा पनि काम नरोकेको, वडाअध्यक्ष कुशेश्वर सिंह, निर्माण कम्पनीका संचालक र नगरपालिकाका इन्जियरको मिलेमत्तोमा दुई नम्बरी इट्टा प्रयोग भएको भन्दै भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरेका थिए । उक्त भिडियो भाइरल भएपछि भ्रष्टाचारका नाइके इन्जिनियर अजय यादवले गुण्डा प्रयोग गर्दै भिडियो बनाउने ठाकुरलाई कुटपिट गर्न लगाएका छन् ।

साथै, इन्जिनियर यादवले उल्टै आफूविरुद्ध आक्रमण गरेको भन्दै इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी प्रमुखलाई प्रभावमा पारी पक्राउ गर्न लगाएका थिए । ‘इन्जिनियर यादवले प्रहरी, कर्मचारी, जनप्रतिनिधि, नेता सबैलाई मिलाएका छन् । उनका विरुद्धमा कसैले पनि बोल्ने आँट गर्दैनन् । तर नागेन्द्रले आँट गर्यो ।’, स्थानीय एक युवाले भने, ‘पढेलेखेको युवा हो । गलत भएको देखि सहदैन, आँटिलो छ । गाउँमा गलत भएको थाहा पाउने वित्तिकै प्रतिकार गर्छ । कसैसँग डराउँदैन । त्यही भएर इन्जिनियर यादवले गुण्डा लगाएर ठिक पार्न खोज्यो, त्यो पनि नसकेपछि अहिले आएर प्रहरीमा उजुरी दिएको छ । गलाउन खोजेको छ । तर नागेन्द्र गल्दैन ।’

इलाका प्रहरी प्रमुख प्रहरी निरिक्षक शुर्यबहादुर राणाले भने उजुरी आएपछि आफूले पक्राउ गरेको बताए । ‘हामी कार्यालयमा अभद्र व्यवहारको उजुरी लिएर इन्जिनियर साप आउनु भयो । हामीले मुद्धा दर्ता गरेर प्रक्रियामा लिएका हौँ । म्याद थप गरेर हामीले अनुसन्धान गरिरहेका छौं । अहिले यो मुद्धा प्रक्रियामा छ’, उनले भने । प्रमाण विनानै उजुरी दर्ता गर्नुभयो रे नि त ? भन्ने प्रश्नमा उनले केही पनि जवाफ दिन चाहेनन् । अक्मकिदै उनले भने, ‘…हाम्रोमा उजुरी आएको हो । प्रमाण नभएर त कसरी उजुरी दर्ता हुन्छ ।

Post navigation

यस्ता छन् कार्यसूची प्रतिनिधि सभाको बैठक बस्दै आज
एमाले रुपन्देहीको जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो : पौडेल

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश ३२ जेष्ठ २०८१, शुक्रबार २२:४६
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै ३२ जेष्ठ २०८१, शुक्रबार २२:४६
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति ३२ जेष्ठ २०८१, शुक्रबार २२:४६
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। ३२ जेष्ठ २०८१, शुक्रबार २२:४६
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै ३२ जेष्ठ २०८१, शुक्रबार २२:४६

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297