काठमाडौं – चिनियाँ कम्युनिस्ट पाटीको औपचारिक निमन्त्रणामा चीन गएका नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सी दस दिन लामो चिन भ्रमण सक्काएर स्वदेश फर्किएका छन । भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटावार्ता गरेका थिए । शुक्रबार राती ११ बजे स्वदेश फर्किएका उनले भ्रमण निकै राम्रो फलदायी भएको बताएको छन ।
उनले आफ्नो भ्रमणले नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबिच नयाँ सहकार्यको राम्रो बातावरण बनेको बताए । सञ्चारकर्मी तथा आफ्ना नेता कार्यकर्तासँ भ्रमणको अनुभूति सुनाउदै नेपाली कम्युनिस्ट आन्दोलन, कम्युनिस्टहरुमा देखिएका समस्या, एकताको विषयमा छलफल भएको जानकारी दिए । ‘चिनियाँ कम्युनिस्ट पार्टीको विकास, चीनमा भएको विकासको गति, आर्थिक समुन्नति लगायतका विषयमा अनुभव साटासाट भयो ।’, उनले भने, ‘छलफलपछि (सीपीसी) हामीसँग सहकार्य गर्न सकारात्मक रहेको छ ।’
‘हाम्रो भ्रमण दल र त्यहाँका बिभिन्न प्रान्तका नेताहरुसँग जुन किसिमको कुरा भयो, त्यहाँबाट दुबैपक्ष एकअर्काप्रति प्रभाबित भयौं । चीन र नेपालमा भएको समग्र र कम्युनिस्ट आन्दोलन तथा त्यसको उपलब्धिबारे अनुभूति साटासाट भयो । त्यहाका नेताहरुले हामीप्रति, हाम्रो पार्टीप्रति देखाएको सदासयताले सम्बन्ध विस्तारको ढोका खुलेको छ।’, अनुभूति मन्तव्य राख्दै उनले भने ।
उनले अध्ययन भ्रमणबाट आफुले सिकेका र समग्र नेपालका कम्युनिस्टहरुले सिक्नुपर्ने धेरै कुराहरु प्राप्त गरेको बताउँदै साच्चै कम्युनिस्ट सरकार कस्तो हुनुपर्छ, कम्युनिस्ट आचरण कस्तो हुनुपर्छ । चिनियाँ कम्युनिस्ट पाटी बाट हामीले केही सिकेका छौ त्यो सिकेको नयाँ कुरा नेेपालमा लागू गर्छौ बताउनु भयो ।