काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशले धान रोपाइँको उद्घाटन गरेको छ । पार्टीले दिएको विदाको पहिलो दिन गण्डकी प्रदेश कार्यालयले कास्कीमा धान रोपाईंको उद्घाटन गरेको हो

नेकपा गण्डकी प्रदेशले कार्यलयको करिब १३ रोपनी जमिनमा धान रोप्दै पार्टी स्थायी समिति सदस्य उमा सीले उद्घाटन गरेकी हुन् । कार्यालयले धानसँगै तरकारी खेती पनि सुरु गरेको छ । पार्टीले दिएको बर्खे बिदाको पहिलो दिन पार्टी स्थायी समिती सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज कमरेड उमा सी शिलुको नेतृत्वमा धान रोपाइँको सुरुवात गरेको छ ।

रोपाइँको उद्घाटन गर्दै नेतृ शिलुले आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेताकार्यकर्ताको पार्टी नीतिलाई आफुहरुले कार्यन्वयन गरेको बताइन् । पार्टीका केन्द्रीय देखि जिल्ला र स्थानीय नेताहरुको समेत सहभागिता रहेको रोपाइँ कार्यक्रममा उपस्थित सबै सहभागीहरु उत्साहित देखिएको केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा गोरखा जिल्ला सेक्रेटरी काजी सी ले बताए । आजको श्रम कार्यमा प्रदेश, जिल्ला र जबस गरेर ४५ जनाको सहभागिता रहेको उत्पादन विभाग प्रमुख उषा सी ले बताइन् ।