Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

सरकारलाई दिएको समर्थन फिर्ता राष्ट्रिय सहमतिको सरकार गठनका लागी : ओली

२० असार २०८१, बिहीबार ०७:३९
जनवाणी संवाददाता

 
 
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको बताएका छन । देशमा राजनैतिक स्थायित्व प्रदान गर्न  सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धमा जानकारी गराउन बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा यो कुरा खुलाईएको छ।

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, ओलीले लेखेको पत्रमा भनिएको छ ।

बुधबार नै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाइसकेका छन् । एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने बताउँदै आएको छ ।

पत्रसहित…

kp

 

 

 

Post navigation

प्रधानमन्त्री र मन्त्री पदमा अल्झिनु हुदैन  : कोइराला
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहर प्रधानमन्त्रीलाई भेटेपछि राजीनामा दिनबाट ब्याक भए










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २० असार २०८१, बिहीबार ०७:३९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २० असार २०८१, बिहीबार ०७:३९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २० असार २०८१, बिहीबार ०७:३९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २० असार २०८१, बिहीबार ०७:३९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २० असार २०८१, बिहीबार ०७:३९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297