Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

निर्वाचनमा सहभागी हुने विप्लव नेतृत्व नेकपाको निर्णय

१६ पुष २०८१, मंगलवार १६:००
जनवाणी संवाददाता

काठमाडौं – क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्णय गरेको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न नेकपाले क्रान्तिकारी पार्टीहरूसँग एकताको उद्देश्य राख्दै तत्काल निकट पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको जनाएको हो। एकतालाई प्राथमिकतामा राख्दै त्यसको सुरुवात मोर्चाबाट सुरु गरिने नेकपाले जनाएको छ।

त्यस्तै नेकपाले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको छ। आगामी चुनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले जानकारी दिए। बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ भने देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए।

अहिलेको व्यवस्थाले जनता र देशलाई उचित ढंगले अघि बढाउन नसकेकाले नयाँ ढंगले अघिको व्यवस्थालाई नेकपाले जोड दिएको उनको भनाइ छ। त्यस्तै बैठकले देशको स्वाधीनताविरुद्ध भइरहेका हस्तक्षेपविरुद्ध भण्डाफोर अभियान चलाउने, नयाँ आर्थिक मार्गको बिचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किरात-लिम्बुवान प्रदेश नामकरण गर्ने र त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरूसँग छलफल अघि बढाउने लगायतका निर्णयहरू भएको नेकपाले जनाएको छ।

Post navigation

नेकपाले बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
माओवादी केन्द्रले श्रम र उत्पादनमा (बिप्लव) नेकपा सिको गर्दै










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १६ पुष २०८१, मंगलवार १६:००
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १६ पुष २०८१, मंगलवार १६:००
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १६ पुष २०८१, मंगलवार १६:००
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १६ पुष २०८१, मंगलवार १६:००
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १६ पुष २०८१, मंगलवार १६:००

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297