Skip to content
  • २९ मंसिर २०८२, सोमबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता युवाको शव भेटियो

४ फाल्गुन २०८१, आईतवार २०:५१
जनवाणी संवाददाता

कालीकाेट – तिलागुफा ४ राचुलीमा माछा मार्ने क्रममा तिला नदीमा शनिबार देखि बेपत्ता भएका भोजन बहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताए ।

२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका थिए ।

Post navigation

भरतपुर महानगर युवा संगठन नेपालको तेस्रो सम्मेलन सम्पन्न
सम्पत्ति शुद्धीकरण मुद्दा रामबहादुर बमजनविरुद्ध मुद्दा दायर

ताजा खबर

  • अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना घाइते ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • विदेशी हस्तक्षेप रोक्ने हामीसँग ब्यालेस्टिक मिसाइलवाला तागत छैन : प्रचण्ड ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • जेनजी र सरकारबिच सम्झौता : आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • चाँदी हालसम्मकै उच्च, सुनको भाउ १ हजार बढ्यो ४ फाल्गुन २०८१, आईतवार २०:५१
  • विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइलमा ४ फाल्गुन २०८१, आईतवार २०:५१

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297