Skip to content
  • २८ असार २०८२, शनिबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नेपालका सबै कम्युनिष्टहरुबिच नयाँ आधारमा एकता सम्भव छ : विप्लव

१४ फाल्गुन २०८१, बुधबार २०:२३
जनवाणी संवाददाता

कालिकोट नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सबै कम्युनिष्टहरुबिच नयाँ आधारमा एकता सम्भव रहेको बताएका छन् ।

रास्कोट नगरपालिकाले बुधबार विहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् ।

उनले भने,‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरुको बिचको एकता पनि रुपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो ।’

उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे ।

महासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिदै समाजवादी मोडमा काम गर्न सुझाव दिए ।
उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए ।

कार्यक्रममा नगर सरकारका तर्फबाट कार्यपालिका सदस्य भैरे तिरुवा, वडा अध्यक्ष तपेन्द्र आर्याय, मणिराज बराल, कपुर महतारा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरु विजय, शिखर, नगरसचिव कञ्चन लगायतका नेताहरुले माओवादी एकताको लागि पहल गर्न महासचिव विप्लवलाई सुझाव दिएका थिए । उनीहरुले माओवादी भित्रका केही खरावीहरु भएको स्वीकार गर्दै रुपान्तरणसहित माओवादीहरुको एकताको विकल्प नभएको बताएका थिए ।

उनीहरुले सत्तामा गएका कारण कहि न कहि माओवादी केन्द्र प्रदुषित भएको भन्दै बाहिर भएको विप्लवसहितको शक्तिको एकता जरुरी भएको बताएका थिए ।

Post navigation

Previous Post
चट्याङसहित वर्षाको सम्भावना कर्णालीम र सुदूरपश्चिमा

ताजा खबर

  • काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश १४ फाल्गुन २०८१, बुधबार २०:२३
  • संयुक्त बिरोध प्रदर्शन प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध हुँदै १४ फाल्गुन २०८१, बुधबार २०:२३
  • मधेश एक दिन नेपालबाट अलग हुनेछजसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति १४ फाल्गुन २०८१, बुधबार २०:२३
  • नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ। १४ फाल्गुन २०८१, बुधबार २०:२३
  • ९ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै १४ फाल्गुन २०८१, बुधबार २०:२३

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297