Skip to content
  • १३ कार्तिक २०८२, बिहीबार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन आज संगठन दर्ता हुँदै

१९ फाल्गुन २०८१, सोमबार ०९:३९
जनवाणी संवाददाता

 काठमाडौं –  त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको तयारी तीव्र भएको छ। आगामी चैत ५ गते हुने निर्वाचनका लागि आज देशभरका क्याम्पसहरूमा विद्यार्थी संघ/संगठनहरूले आफ्नो दर्ता गराउँदै छन्। दर्ता प्रक्रिया आज अपराह्न ३ बजेसम्म चल्नेछ।

निर्वाचन तालिकाअनुसार, फागुन २१ गते मतदाता नामावली प्रकाशित गरिनेछ भने २५ गतेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ। सोही दिन दाबी विरोधको छानबिन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।
फागुन २६ गते उम्मेदवार मनोनयन पत्र वितरण गरिनेछ र २७ गते प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता गरिनेछ। सोही दिन उम्मेदवारको नामावली प्रकाशित हुनेछ।
फागुन २८ गते उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ र सोही दिन छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ।
फागुन २९ गते उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ र विद्यार्थीहरूले आफ्नो नेतृत्व चयन गर्नेछन्।

Post navigation

सरकारले राजनीतिक दल विभाजनलाई सहज बनाउने विधेयक ल्याउने तयारी गरेपछि एकीकृत समाजवादीमा हलचल मच्चिएको छ।
विप्लवको दाबी गफ चुट्ने नेताबाट देशको रूपान्तरण असम्भव

ताजा खबर

  • उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न सङ्खुवासभा प्रशासनको आग्रह १९ फाल्गुन २०८१, सोमबार ०९:३९
  • वैकल्पिक शक्तिबीच शृंखलाबद्ध संवाद एउटै पार्टी बनाउने, नभए सहकार्य १९ फाल्गुन २०८१, सोमबार ०९:३९
  • इजरायल-हमास : शान्ति सम्झौताको मियो बने ट्रम्प १९ फाल्गुन २०८१, सोमबार ०९:३९
  • मणिपालदेखि गण्डकी मेडिकलसम्म नर्सहरूको आन्दोलन, स्वास्थ्य सेवा प्रभावित १९ फाल्गुन २०८१, सोमबार ०९:३९
  • सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने १९ फाल्गुन २०८१, सोमबार ०९:३९

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • janabani.com@gmail.com
Copyright © 2025 janabani.com
Developed by: 9849815297