कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिका-१०, चौकिमा गए राति स्थानीय युवाहरूबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ। साबिक पाखा गाविसको चौकिमा विवाहको रतौलीमा तिलागुफा छाप्रे र खाडाचक्र १० चौकिबाट आएका युवाहरूबीच ग्याङफाइट भएको प्रहरीले जनाएको छ।
ग्याङफाइटमा तिलागुफा-७, छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत आफैँ घटनास्थल पुगेका थिए।
घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याएको छ। थप एक जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।