Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

नयाँ प्रहरी प्रमुखको दौड आइजिपी कुँवरको बिदाइ, तीन एआइजी प्रतिस्पर्धामा

४ चैत्र २०८१, सोमबार १३:५९
जनवाणी संवाददाता

काठमाडौं, चैत ४: नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले ३० वर्षे सेवा अवधि पूरा गरी मध्यरातिदेखि अवकाश पाएका छन्। २०७९ चैत १० गते नियुक्त भएका कुँवर दुई वर्षे कार्यकालपछि बिदा भएका हुन्।
२०५१ चैत ५ गते प्रहरी सेवामा प्रवेश गरेका कुँवरको कार्यकाल विवादरहित भने रहेन। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई अनुसन्धान नगरी छाडेको आरोप उनीमाथि लाग्यो।
उनकै ब्याचका एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि आजै अवकाश पाएका छन्।
आइजिपीसहित ६ जना उच्च अधिकारीले एकैपटक अवकाश पाएपछि नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने चर्चा सुरु भएको छ। अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेक तामाङ प्रतिस्पर्धामा छन्।
प्रहरी नियमावली २०७१ अनुसार ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता र नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिलाई आइजिपी नियुक्त गर्नुपर्ने प्रावधान छ। गृह मन्त्रालयले मन्त्रिपरिषद्मा नाम पेस गरेपछि सोमबार बस्ने बैठकले नयाँ प्रहरी प्रमुख चयन गर्ने तयारी छ।

Post navigation

माओवादी अध्यक्ष प्रचण्डको चेतावनी कांग्रेस-एमाले प्रतिगामी धारमा मिसिन सक्ने खतरा
Next Post










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ ४ चैत्र २०८१, सोमबार १३:५९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो ४ चैत्र २०८१, सोमबार १३:५९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने ४ चैत्र २०८१, सोमबार १३:५९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै ४ चैत्र २०८१, सोमबार १३:५९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु ४ चैत्र २०८१, सोमबार १३:५९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297