Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

विप्लवको चेतावनी विचार संश्लेषण नगरे १० वर्षभित्र कम्युनिस्ट आन्दोलन समाप्त

१२ बैशाख २०८२, शुक्रबार ०९:४८
जनवाणी संवाददाता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले गम्भीर समीक्षासहित वैचारिक संश्लेषण नगरेमा आगामी १० वर्षभित्र कम्युनिस्ट आन्दोलन समाप्त हुने ठोकुवा गरेका छन्। बिहीबार काठमाडौंमा नेकपा नेता शिलु सीद्वारा लिखित कृति ‘विचार संश्लेषण’ को लोकार्पण कार्यक्रममा बोल्दै विप्लवले यस्तो चेतावनी दिएका हुन्।
महासचिव विप्लवले वर्तमान विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको र त्यसको नकारात्मक प्रभाव नेपालमा पनि देखिएको बताए। उनले यस अवस्थाबाट मुक्ति पाउन नेपाली कम्युनिस्टहरूले नयाँ विचारसहित अघि बढ्नुपर्नेमा जोड दिए। सरकारमा जानेहरूमा समेत विचलन देखिएको र माओवादी आन्दोलनले जनमतको कदर गर्न नसकेको उनको भनाई थियो।
विप्लवले आफ्नो पार्टी दर्शन, राजनीति र अर्थतन्त्रमा विकास गरिएको नयाँ विचारलाई आम कम्युनिस्ट विचार बनाएर बहस गर्न तयार रहेको बताए। नेपालमा गणतन्त्र स्थापनामा माओवादीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले बन्दुक नउठाएको भए गणतन्त्र असम्भव हुने दाबी गरे। उनले अहिलेको संकटको निकास समाजवाद मात्र भएको बताउँदै राजावादीहरूलाई पनि समाजवादी बहस गर्न आह्वान गरे।
पत्रकार शिव डुम्रेद्वारा सञ्चालित कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सीको अध्यक्षता रहेको थियो। कार्यक्रममा राजनीतिक विश्लेषक नरेन्द्रजङ पिटर, नेकपा एमालेकी स्थायी समिति सदस्य बिन्दा पाण्डे, नेकपा मासालका नेता मनोज भट्ट, र साहित्यकार खेम थपलिया लगायतले पुस्तकमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।

Post navigation

विभिन्न वामपन्थी दलका ७७ नेता-कार्यकर्ता नेकपामा प्रवेश
विप्लव निर्वाचनमा सहभागी हुने मतदाता नामावलीमा नाम दर्ता










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १२ बैशाख २०८२, शुक्रबार ०९:४८
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १२ बैशाख २०८२, शुक्रबार ०९:४८
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १२ बैशाख २०८२, शुक्रबार ०९:४८
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १२ बैशाख २०८२, शुक्रबार ०९:४८
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १२ बैशाख २०८२, शुक्रबार ०९:४८

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297