Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

पोखरामा नेकपा गण्डकीको विशाल श्रमिक दिवस सभा

१८ बैशाख २०८२, बिहीबार २१:३९
जनवाणी संवाददाता

पोखरा  –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पोखरामा भव्य र्याली र जनसभा आयोजना गरेको छ।
पृथ्वीचोकबाट सुरु भएको र्याली चिप्लेढुङ्गासम्म पुगेको थियो। उक्त र्यालीमा नेकपाका महासचिव विप्लव सी, स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज उमा सी, पोलिट ब्युरो सदस्यहरू आजाद सी, राजन सी, आस्था सी, केन्द्रीय सदस्यहरू पदम सी, उभार सी, निशान सी, कपिल सी लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाका नेता, कार्यकर्ता र पार्टी सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
र्यालीमा लाखे नाच, पञ्चेबाजा, कौरा नृत्य र विभिन्न झाँकीहरू प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको औपचारिक सत्र अन्तर्राष्ट्रिय श्रमिक गीतबाट सुरु भयो। उद्घाटन सत्रमा बोल्दै प्रदेश इन्चार्ज शिलु सीले समाजवाद नआएसम्म श्रमिकले उचित तलब र महिलाले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताइन्। उनले नेपाली विशेषताको समाजवादको लागि अगाडि बढ्ने नेकपाको दृष्टिकोणलाई जोड दिँदै सबै देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकजुट हुन आह्वान गरिन्।
कार्यक्रमका प्रमुख अतिथि महासचिव विप्लवले विगतको तुलनामा श्रमिक, महिला र आम नागरिकले केही अधिकार प्राप्त गरे पनि त्यो पर्याप्त नभएको बताए। उनले राजतन्त्र र पञ्चायती शासनमा वाक स्वतन्त्रता समेत नभएको अवस्थाबाट आज नागरिकले स्वतन्त्र हैसियत पाएको कुरालाई ठूलो उपलब्धि माने। उनले २१औं शताब्दीमा राजतन्त्र फर्किनु नहुने र यो व्यवस्था नेपाली जनताको ठूलो संघर्षको परिणाम भएको बताए।
वर्तमान लोकतान्त्रिक प्रणालीलाई कतिपय नेताहरूले अन्तिम उपलब्धि भने पनि नेकपाले समाजवादलाई अझ उन्नत विकल्प मानेको उनले बताए। उनले वामपन्थी, कांग्रेस र अन्य राष्ट्रवादी शक्तिहरूलाई समाजवादबारे खुला बहस गर्न आग्रह गरे।
कार्यक्रममा समाजवादी मोर्चाका प्रदेश संयोजक तथा नेकपाका पोलिट ब्युरो सदस्य राजन सी, समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेक सी, सहिद परिवारको तर्फबाट अखिल (समाजवादी) का सचिव प्रकाश सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। पोलिट ब्युरो सदस्य आजाद सीले कार्यक्रम संचालन गरेका थिए भने स्वागत मन्तव्य पोलिटब्युरो सदस्य आस्था सीले राखेकी थिइन्।
कार्यक्रमको विशेष पक्ष भने विभिन्न जिल्लाबाट सयौं नेता कार्यकर्ताहरूले अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नु थियो। उनीहरूलाई महासचिव विप्लवले टिका लगाई पार्टीमा स्वागत गरे।

Post navigation

विप्लव निर्वाचनमा सहभागी हुने मतदाता नामावलीमा नाम दर्ता
कक्षा १२ को परीक्षा देशभर सुरु










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ १८ बैशाख २०८२, बिहीबार २१:३९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो १८ बैशाख २०८२, बिहीबार २१:३९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने १८ बैशाख २०८२, बिहीबार २१:३९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै १८ बैशाख २०८२, बिहीबार २१:३९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु १८ बैशाख २०८२, बिहीबार २१:३९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297