Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

कक्षा १२ को परीक्षा देशभर सुरु

२१ बैशाख २०८२, आईतवार ०९:१२
जनवाणी संवाददाता

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले आजदेखि देशभर एकसाथ कक्षा १२ को वार्षिक परीक्षा सुरु गरेको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो परीक्षा आगामी जेठ २ गतेसम्म जारी रहनेछ।
यस वर्षको परीक्षाका लागि देशभर १ हजार ५९० परीक्षा केन्द्र र जापानमा १ गरी जम्मा १ हजार ५९१ केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी १६२ र मनाङ–मुस्ताङमा सबैभन्दा कम १-१ परीक्षा केन्द्र तोकिएको छ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन देशभर २० हजार सुरक्षाकर्मी, करिब दुई हजार कर्मचारी र प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी परिचालन गरिएको छ। यस परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ तीन लाख ९५ हजार ९०८ र आंशिकतर्फ एक लाख १५ हजार ६१७ गरी कुल पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुनेछन्।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए अनुसार कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अन्य अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको छ। कारागार र बाल सुधारगृहमा रहेका विद्यार्थीहरूका लागि पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।
परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना कसैलाई प्रवेश गर्न दिइने छैन। परीक्षाको मर्यादा उल्लङ्घन गर्ने जो कोहीलाई पनि तत्काल परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ। परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाइल फोन लैजान निषेध गरिएको छ। विद्यार्थीहरूलाई परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी र लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक अन्य इलेक्ट्रोनिक उपकरण लैजान रोक लगाइएको छ।
आज परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन भइरहेको छ।

Post navigation

पोखरामा नेकपा गण्डकीको विशाल श्रमिक दिवस सभा
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गमा जेठ २ देखि जागरण अभियान










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २१ बैशाख २०८२, आईतवार ०९:१२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २१ बैशाख २०८२, आईतवार ०९:१२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २१ बैशाख २०८२, आईतवार ०९:१२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २१ बैशाख २०८२, आईतवार ०९:१२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २१ बैशाख २०८२, आईतवार ०९:१२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297