Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गमा जेठ २ देखि जागरण अभियान

२१ बैशाख २०८२, आईतवार २०:४२
जनवाणी संवाददाता

काठमाडौं – नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गलाई केन्द्रित गरी जागरण अभियान सञ्चालन गर्ने भएको छ। आइतबार पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानको विस्तृत कार्यक्रम र सुरु हुने स्थानको बारेमा निर्णय हुन बाँकी रहेको जानकारी दिए। उनले यसका लागि छिट्टै अर्को बैठक बस्ने बताए। प्रवक्ता सापकोटाले भर्खरै सम्पन्न भएको हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान अपेक्षाभन्दा बढी सफल भएको निष्कर्ष बैठकले निकालेको पनि जानकारी दिए।
पुस २३ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तराई-मधेसको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्गमा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। यसअघि फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ गते कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो।

Post navigation

कक्षा १२ को परीक्षा देशभर सुरु
प्रचण्डको फेरिएको बोली सरकार परिवर्तनको चर्चा सेलाउँदै, पार्टी रूपान्तरणमा जोड










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २१ बैशाख २०८२, आईतवार २०:४२
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २१ बैशाख २०८२, आईतवार २०:४२
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २१ बैशाख २०८२, आईतवार २०:४२
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २१ बैशाख २०८२, आईतवार २०:४२
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २१ बैशाख २०८२, आईतवार २०:४२

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297