Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रचण्डको फेरिएको बोली सरकार परिवर्तनको चर्चा सेलाउँदै, पार्टी रूपान्तरणमा जोड

२२ बैशाख २०८२, सोमबार ०८:१७
जनवाणी संवाददाता

काठमाडौ –  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिनमा सरकार परिवर्तनको आफ्नो अडानबाट पछि हट्दै पार्टीको रूपान्तरणमा केन्द्रित देखिएका छन्।
नयाँ वर्षको आसपासमा अध्यक्ष दाहालले वर्तमान सरकार परिवर्तन हुने र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। तर, वैशाख २१ सम्म आइपुग्दा प्रचण्डले अपेक्षा गरेअनुरूप कांग्रेस र एमाले गठबन्धनमा कुनै दरार आएन। बरु, प्रधानमन्त्री केपी शर्मा ओली र सभापति देउवाले लगातार भेटघाट गरी गठबन्धनको स्थिरताको सन्देश दिए।
यस घटनाक्रमसँगै अध्यक्ष प्रचण्डको बोलीमा स्पष्ट परिवर्तन आएको छ। केही समयअघिसम्म ‘हामी सरकारमा जानुपर्ने हुन सक्छ’ भन्ने गरेका प्रचण्ड अहिले ‘सरकारमा ध्यान छैन’ भन्न थालेका छन्।
गत चैत २८ गतेदेखि प्रचण्डले सार्वजनिक रूपमा ओली सरकार धेरै नटिक्ने दाबी गरेका थिए। इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा उनले कांग्रेस ठूलो पार्टी, शान्ति सम्झौताको हस्ताक्षरकर्ता र इमान्दार भएकाले सरकारको नेतृत्व उसले लिनुपर्ने बताएका थिए। देउवाको प्रशंसा गर्दै उनले ओलीले जस्तो ‘धोका, जालझेल र षड्यन्त्र’ नगर्ने विश्वास व्यक्त गरेका थिए।
उक्त अन्तर्वार्तामा पत्रकारले सरकार र राजनीतिक कोर्स परिवर्तन हुने सम्भावनाबारे प्रश्न गर्दा प्रचण्डले समय तोक्न उचित नहुने बताउँदै ओलीले आफ्नो कार्यकाल पूरा नगर्ने आकलन गरेका थिए। चैत ३१ गते चितवनमा पनि उनले राजनीतिमा नयाँ घटनाक्रम विकास भएको र नयाँ वर्षमा नयाँ सरकार बन्न सक्ने बताएका थिए।
यद्यपि, नयाँ वर्ष सुरु भएपछि प्रचण्डले सरकार परिवर्तनबारे सार्वजनिक अभिव्यक्ति दिन छाडेका छन्। यसबीचमा कांग्रेसका केही नेताहरूले सरकारका कमीकमजोरी औंल्याए पनि गठबन्धन कायमै रहने संकेत दिएका छन्।
वैशाख ७ गते कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवासँग बैंकक गएपछि सरकार परिवर्तनको चर्चाले केही तरंग ल्याएको थियो। तर, प्रधानमन्त्री ओलीले देउवासँग टेलिफोन वार्ता गरेपछि र स्वदेश फर्केपछि आरजु राणा देउवाले सरकार परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेकी थिइन्। सभापति देउवाले पनि एमालेसँग कुनै खटपट नभएको प्रतिक्रिया दिएका थिए।
यद्यपि, वैशाख ११ गते पार्टी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले ‘प्रमुख प्रतिपक्षी दल वेटिङ गभर्मेन्ट पनि हो, सरकारमा जानुपर्ने हुन सक्छ’ भन्ने अभिव्यक्ति दिएको एक माओवादी सांसदले बताएकी थिइन्। प्रमुख सचेतक हितराज पाण्डेले देउवाले थाइल्याण्ड जानुअघि प्रचण्डलाई फोन गरेको जानकारी दिएका थिए। प्रचण्डले तत्काल सरकारमा जाने योजना नभएको बताए पनि भविष्यमा जान सक्ने सम्भावनालाई भने खुला राखेका थिए।
यसअघि कांग्रेस-एमालेबीच आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई ‘अप्राकृतिक’ बताउँदै आएका प्रचण्ड पछिल्लो समय आफ्नो पार्टीको रूपान्तरणमा जोड दिइरहेका छन्। उनले सामाजिक सञ्जालमा माओवादीको पक्षमा सकारात्मक माहोल बन्दै गएको र पार्टी देशव्यापी रूपमा सक्रिय भएकोमा खुसी व्यक्त गरेका छन्। हाललाई यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने रुचि नरहेको उनले स्पष्ट पारेका छन्।

Post navigation

माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गमा जेठ २ देखि जागरण अभियान
प्रचण्डको संसदमा टिप्पणी दुई तिहाइको अहङ्कारको बेलुन फुट्यो










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २२ बैशाख २०८२, सोमबार ०८:१७
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २२ बैशाख २०८२, सोमबार ०८:१७
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २२ बैशाख २०८२, सोमबार ०८:१७
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २२ बैशाख २०८२, सोमबार ०८:१७
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २२ बैशाख २०८२, सोमबार ०८:१७

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297