Skip to content
  • १९ जेष्ठ २०८३, मंगलवार
|| janabani.com ||

|| janabani.com ||

janabani.com is nepali news portal.

  • मुख्य पृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ जगत
  • विचार
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • जिवनशैली
  • स्वास्थ्य

प्रचण्डको संसदमा टिप्पणी दुई तिहाइको अहङ्कारको बेलुन फुट्यो

२३ बैशाख २०८२, मंगलवार ०८:४९
जनवाणी संवाददाता

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको अहङ्कारको बेलुन फुटिसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले सरकारले महिना दिन बितिसक्दा पनि नेपाल राष्ट्र बैङ्कमा गभर्नर नियुक्त गर्न नसकेको भन्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले वर्तमान सरकार बनेको दश महिना पुग्दा पनि सुध्रिन नचाहेको आरोप लगाए। यो सरकार निश्चित वर्गको स्वार्थको लागि बनेको उनको दाबी थियो। सरकार सञ्चालन संयन्त्रका सदस्यहरूले बिचौलियाहरू प्रधानमन्त्रीको शयन कक्षसम्मै पुग्छन् भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले हरेक नियुक्ति र निर्णयमा स्वार्थी समूह हाबी भएको र जनताले सहज रूपमा सेवा पाउन नसकेको बताए।

Post navigation

प्रचण्डको फेरिएको बोली सरकार परिवर्तनको चर्चा सेलाउँदै, पार्टी रूपान्तरणमा जोड
माओवादी अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते, अवस्था सामान्य










 

 

 

 

ताजा खबर

  • जनतामाथि कानुन लादिन्छ, व्यावहारिक पक्ष हेरिँदैन’ २३ बैशाख २०८२, मंगलवार ०८:४९
  • सम्पत्ति छानबिन समिति गठन गर्ने घोषणा गरेको सरकारले १५ दिनको म्याद गुजार्‍यो २३ बैशाख २०८२, मंगलवार ०८:४९
  • संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने २३ बैशाख २०८२, मंगलवार ०८:४९
  • काठमाडौंको नयाँ बानेश्वर चोकमा देउडा साँस्कृतिक कार्यक्रम हुदै २३ बैशाख २०८२, मंगलवार ०८:४९
  • बिप्लव नेकपा (माओवाद) ले गर्यो धर दैलो अभियान सुरु २३ बैशाख २०८२, मंगलवार ०८:४९

 

 

 

  • सञ्चालक : कान्जिरोवा मिडिया हाउस प्रा.लि.
  • सूचना विभाग दर्ता नं : ४५४८-२०८०/८१

  • प्रबन्ध निर्देशक : प्रेम कला शाही
  • सम्पादक : दिपेन्द्र बहादुर शाही
  • काठमाडाैं - १० बुद्ध
  • 9847342984/9861474297
  • [email protected]
Copyright © 2026 janabani.com
Developed by: 9849815297